राजनीति


कोसी सरकारलाई कांग्रेस-एमालेको ज्ञापनपत्र

बाढीपहिरो पीडितलाई राहत दिन र भौतिक संरचना पुनःनिर्माण गर्न माग
कोसी सरकारलाई कांग्रेस-एमालेको ज्ञापनपत्र

नेपालखबर
असोज २०, २०८१ आइतबार १३:४५, विराटनगर

बाढीपहिरो पीडितलाई राहत, पुनस्र्थापना र बेपत्ताको खोजी गर्न माग गर्दै नेपाली कांग्रेसले कोसी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर कांग्रेस कोसी प्रदेशका सभापति तथा संसदीय दलका नेता उद्धव थापा नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको हो। 

मुख्यमन्त्री कार्की एमालेबाट मुख्यमन्त्री बनेका हुन्। यद्यपी कोसी प्रदेशसमा काग्रेस–एमालेको संयुत्तः सरकार छ। 

यसअघि हिजो (शनिबार) एमालेले पनि कोसीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। 

दुवै पार्टीले ज्ञापनपत्रमा बाढीबाट ज्यान गुमाउने नागरिकका आश्रित परिवारलाई राहत, भौतिक संरचनाको पुनःनिर्माण र घाइतेको निःशुल्क उपचारको व्यवस्था जस्ता विषय उठाएका छन्। 

दुवै पार्टीले बुझाएका ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आइतबार अपरान्ह बस्ने मन्त्रीपरिषद्को बैठकले विपद्‍मा परेका पीडितको विषयमा छलफल गरी न्यायोचित निर्णय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

यही भदौ १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर कोसी प्रदेशमा २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ७ जना अझै बेपत्ता छन्। 

त्यसैगरी बाढीपहिरोमा परेर ६ सय भन्दा धेरै परिवार विस्थापित भएका छन् भने ३४ वटा पुलमा क्षति पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad