लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट नियुक्त मन्त्रीहरुले राजीनामा दिएका छन्।
मुख्यमन्त्री गिरी नेतृत्वको सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएको पुष्टि माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।
नेकपा एमालेका नेता लीला गिरी नेतृत्वको सरकारबाट माओवादी मन्त्रीहरु बाहिरिएसँगै नेपाली कांग्रेसका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्ने पक्का भएको छ।
माओवादी मन्त्रीहरुको राजीनामापछि कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदले हस्ताक्षर गरेका छन्।
चौधरीले आइतवारै दिउँसो १ बजे सरकारको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा जाने भएका छन्।
कांग्रेस दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदको हस्ताक्षर तयार रहेको कांग्रेस प्रदेश सभापति अमर पुनले पनि पुष्टि गरेका छन्।
चैत १२, २०७९, आइतबार
प्रतिक्रिया