राजनीति


एमाले उपाध्यक्ष विष्णु पौडेलको चुनावी खर्च २८ लाख

एमाले उपाध्यक्ष विष्णु पौडेलको चुनावी खर्च २८ लाख

प्रदीप आचार्य
फागुन २६, २०८२ मंगलबार १७:३३, बुटवल

नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्सार्वजनिक गरेका छन्।

निर्वाचनमा पराजय भोगेका उनले निर्वाचन आयोगलाई खर्च विवरण बुझाएका छन्।  बुझाएको विवरणमा उनले २८ लाख ७ हजार १ सय खर्च भएको उल्लेख गरेका छन्।
 
विवरण अनुसार उनले सबैभन्दा धेरै ८ लाख ९७ हजार बढी रकम इन्धनमा खर्च गरेकाछन्। 

त्यस्तै मतदाता नामावली खरीद,छापा तथा बिद्धुतीय प्रचार, छपाई,गोष्टि एवं परिचालन, अन्तरकृया, एसएमएस, प्रतिनिधि परिचालन, कार्यालय ब्यवस्थापन र विविध शीर्षकमा खर्च भएको उल्लेख छ। 

यस क्षेत्रमा उम्मेदवार रहेका उनी सहित नेपाली काङ्ग्रेसका चुन्न प्रसाद शर्मा र रुपन्देही ३ का एमाले उम्मेदवार बासुदेब घिमिरेले पनि चुनावी खर्च सार्वजनिक गरेका छन। 

चुन्नको खर्च २४ लाख
पौडेलले निर्वाचनमा २४ लाख ४३ हजार ८२३ रूपैयाँ खर्च भएको भन्दै मंगलबार निर्वाचन आयोगमा खर्च विवरण बुझाएका हुन्।चुन्नले बुझाएको खर्च विवरण अनुसार सबैभन्दा धेरै मसलन्द, छपाइ र प्रिन्टिङमा ९ लाख २१ हजार ७४० रूपैयाँ खर्च भएको छ।

त्यस्तै खाना, नास्ता तथा चियापानमा ५ लाख ४५ हजार ६८९, बिजुली साउन्ड सिस्टममा २ लाख ७४ हजार ७२० तथा अफिस, प्रचार प्रसार र कार्यालय भाडामा २ लाख ४० हजार खर्च भएको उल्लेख छ।

त्यसैगरी सवारी साधन तथा इन्धनमा १ लाख ७९ हजार ८९४, गाडी भाडा १ लाख ५० हजार हजार र मञ्च व्यवस्थापन, कुर्ची तथा टेन्टमा १ लाख ३१ हजार ७८० रूपैयाँ खर्च भएको उल्लेख छ।

जमानत गुमाएका बासुदेबको १९ लाख खर्च

जमानत गुमाएका बासुदेब घिमिरेले सबैभन्दा बढी सवारी साधनमा ५ लाख ७९ हजार २००, खाना, खाजा र आवासमा ४ लाख ४६ हजार, प्रचार प्रसार सामग्रीमा २ लाख ३६ हजार, निर्वाचन प्रतिबद्धता पत्र छपाइमा २ लाख २७ हजार खर्च भएको उल्लेख गरेका छन्।

त्यस्तै वडास्तरीय घरदैलो कार्यक्रममा १ लाख ८० हजार, झन्डा र ब्यानरमा ६६ हजार, नमुना मतपत्र छपाइमा ५७ हजार ५ सय, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा ४४ हजार ६ सय र मनोनयन दर्तामा १० हजार गरी १९ लाख ४६ हजार ३ सय रूपैयाँ खर्च भएको घिमिरेले निर्वाचन आयोगमा पेस गरेको खर्च विवरणमा उल्लेख छ।

रुपन्देही २ मा रास्वपाका सुलभ खरेल र रुपन्देही ३ मा रास्वपाकै डा. लेखजंघ थापा बिजयी भएका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad