प्रतिनिधि सभाको निर्वाचनमा सिराहा-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तपेश्वर यादव निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका यादवले ३६ हजार २१० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अजयशंकर नायकले ७ हजार ९७२ मत पाएका छन्।
तेस्रो नम्बरमा रहेका जनमत पार्टीका विरेन्द्रप्रसाद महतोले ५ हजार ४१ मत पाएका छन्। त्यस्तै, नेकपा (एमाले)का धर्मनाथप्रसाद साहले ४ हजार २२७, नेपाली कांग्रेसकी चन्द्रकला यादवले ४ हजार ६१ र जसपा नेपालका राजकिशोर यादवले ३ हजार ४८४ मत पाएका छन्।
66
Shares

प्रतिक्रिया