राजनीति


भौतिकबाट गृहमा सर्दा प्रसन्न देखिए नारायणकाजी (तस्बिरहरु)

भौतिकबाट गृहमा सर्दा प्रसन्न देखिए नारायणकाजी (तस्बिरहरु)

गृहमन्त्रालयमा पदभार ग्रहण गर्न जाँदै नारायणकाजी श्रेष्ठ। तस्बिर : सरोज बैजु/नेपालखबर


सरोज बैजु
चैत १७, २०७९ शुक्रबार १६:५८, काठमाडौँ

गत पुस ११ गते उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दै गर्दा नारायणकाजी श्रेष्ठ सन्तुष्ट थिएनन्।

उनले पदभार ग्रहणपछि नै आफ्नो असन्तुष्टि पोखेका थिए। तर तत्कालन मन्त्रालय हेरफेर हुने सम्भावना नदेखेका उनले सडक अनुगमनसहितका कामलाई बितेका तीन महिनामा अघि बढाए।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तेस्रो वरीयता पाएका उनले काठमाडौंका सडकका खाल्डा पुर्ने अभियान पनि चलाएका थिए।

उनी सडक अनुगमनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीले जिम्मा लिएको भक्तपुर-नगरकोट सडकमा पनि पुगेका थिए।

भिडिओ

त्यहाँ पुगेर उनले सात वर्षदेखि रोकिएको सडकले अब गति लिने बताएका थिए। तर उनले गरेका वाचा पूरा नहुँदै भौतिक छाडेर शुक्रबारदेखि उनी गृहमन्त्रालयमा पुगेका छन्।

गृहमन्त्रालयमा पदभारका लागि पुग्दा उनी प्रसन्न देखिन्थे। उनले प्रसन्न मुद्रामा पदभार ग्रहण गर्दै कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई पनि निर्देशन दिए।

आफू काम गर्न आएको भन्दै कसैले पनि भ्रष्टाचार गर्न नहुने बताए। उनले सीमा सुरक्षा, महिला हिंसा नियन्त्रण जस्ता संवेदनशील विषयमा आफू सशक्त रुपमाा काममा लाग्ने बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .