कारोबार


अर्थमन्त्री महतले गरे अर्थतन्त्रलाई संकटमा जान नदिने प्रतिबद्धता

अर्थमन्त्री महतले गरे अर्थतन्त्रलाई संकटमा जान नदिने प्रतिबद्धता

अर्थमन्त्री महत। तस्बिर : सरोज बैजु


नेपालखबर
चैत १७, २०७९ शुक्रबार १७:३, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई संकटमा जान नदिने सुनिश्चितता दिएर काम गर्ने बताएका छन्। 

उनले आज अर्थ मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै नेपालको अर्थतन्त्र संकटबाट जोगाउने प्रतिबद्धता जनाएका हुन्। 

 त्यसका लागि आवश्यक विशेष निर्णयहरु गरेर अघि बढ्ने उनको भनाइ छ। उनले अर्थतन्त्र सुधारको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिहरु लिने बताएका छन्।

अर्थमन्त्रीको कार्यभार सम्हाल्दै उनले भने, ‘अर्थतन्त्रलाई संकटमा जान नदिने सुनिश्चितता गराउनु आवश्यक छ।’

उनले राजस्व सन्तोषजनक नभएको, साधारण खर्च ज्यादा देखिएको, पुँजीगत खर्च धेरै गर्न नसकिएको बताउँदै विशेष ध्यान दिने उल्लेख गरे। 

अर्थतन्त्र चलायमान बनाउन र राजस्व बढाउन चुनौती भए पनि त्यसपछि धेरै कामहरु गर्न सकिने देखिएको उनले बताए। 

कोभिड, भूकम्पको केही प्रभाव अझै देखिएको भन्दै उनले अर्थतन्त्र चलायमान देखाउन सक्रियता देखाउने बताए।

त्यसमा ज्यादा संवेदनशील हुन जरुरी देखेको उल्लेख गर्दै नवनियुक्त अर्थमन्त्री महतले थपे, ‘लघुवित्तदेखि सहकारी समस्यामा छन्। राष्ट्र बैंकसँग सहकार्य गरेर काम गर्न आवश्यक देखेको छु। अहिले जुन निराशा छ त्यसलाई आशामा  बदल्नुपर्ने अवस्था छ।’  

उनले पहिलो प्राथमिकता सम्पूर्ण राज्य संयन्त्र मिलेर काम गर्नुपर्ने  र त्यसपछि प्राथमिकीकरण गरेर काम गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .