ad ad

कारोबार


सेयरबजारमा दोस्रो दिन पनि उच्च कारोबार, ६ सेयरमा ९ प्रतिशतमाथिको वृद्धि

सेयरबजारमा दोस्रो दिन पनि उच्च कारोबार, ६ सेयरमा ९ प्रतिशतमाथिको वृद्धि

नेपालखबर
जेठ ७, २०८१ सोमबार १५:२०, काठमाडौँ

सेयरबजारमा यो साता निरन्तर उच्च कारोबार भएको छ। 

अघिल्लो दिन ५ अर्ब २५ करोडको कारोबार भएको बजारमा सोमबार झन् बढेर ५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। 

खासगरी मौद्रिक समीक्षाको प्रभाव बजारमा देखिएको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार दोस्रो कारोबार दिन १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता सेयर बिक्री भएको छ। 

नेप्से २७.५४ अंकले बढेर २०९२ विन्दुमा पुगेको दिन १३४ कम्पनीको सेयर बढेको र १०७ कम्पनीको घटेको छ। बजारमा आज ५ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन। 

आज ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। तिनमा तीनवटाको १० प्रतिशतले बढेको छ। 

सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रो, भगवती हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको हो। आज ७.४० प्रतिशतसम्म मात्र कम्पनीहरुको सेयरमा गिरावट आएको छ। 

आज सर्वाधिक कारोबारमा पोखरा फाइनान्स अगाडि छ। कम्पनीको १९ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .