राजनीति


एमाले अध्यक्ष ओलीको अनुभव : जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ

‘प्रत्यारोपण गर्नु धेरै जटिल काम हो, डाइलासिस गर्नु पनि झन्झटिलो छ’
एमाले अध्यक्ष ओलीको अनुभव : जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ

नेपालखबर
चैत १, २०८० बिहिबार ८:७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला बिग्रेपछि जीवन ज्यादै  कष्टकर हुने भएकाले सुरुमै सजगता अपनाउन आम नागरिकलाई सुझाव दिएका छन्।

दुईपटक मिर्गाैला प्रत्यारोपण गराएका ओलीले विश्व मिर्गौला दिवसका अवसरमा आज बिहान सामाजिक सञ्जालमार्फत मिर्गाैला जोगाउन स्वास्थ्यमा ध्यान दिन आम नागरिकलाई आग्रह गरेका हुन्। 

‘मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु’, ओलीले लेखेका छन्, ‘हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ। जब  मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ।’

उनले सजग गराउँदै अगाडि लेखेका छन्, ‘प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। मिर्गौला जोगाउन हामी आफैँ सजग हुनुपर्छ, डाइलासिस त अल्पकालीन रोकथाम मात्र हो। स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .