समाज


रुकुम हत्याकाण्डको तुरुन्त अनुसन्धान गरियोस्: संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त

रुकुम हत्याकाण्डको तुरुन्त अनुसन्धान गरियोस्: संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त

नेपालखबर
जेठ १७, २०७७ शनिबार ७:२४,

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चआयुक्तको कार्यालयले रुकुम चौरजहारीमा भएको हत्याकाण्डको भर्त्सना गर्दै तुरुन्त अनुसन्धान गर्न आह्वान गरेको छ।

उच्चायुक्त मिसेल बासेलेले अन्तरजातीय प्रेमका विरोधीले यही जेठ १० गते प्रेमिका भेट्न रुकुम चौरजहारी पुगेका जाजरकोट भेरीका नवराज विकलगायत ६ युवाको विभत्स हत्या गरेको घटनाप्रति शुक्रबार शोक व्यक्त गर्दै हत्याकाण्डको तुरुन्त छानबिन गर्न आह्वान गरेकी हुन्।

‘आजको २१औं शताब्दीमा पनि अझै जातीय आधारमा यस्तो पूर्वाग्रह राख्नु र दुर्घटना हुनु ज्यादै दुःखलाग्दो कुरो हो,’ उनले भनेकी छन्।

यस्तै रूपन्देहीको देवदहमा एक दलित बालिकाको बलात्कार भएको घटनाप्रति पनि संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

उच्चायुक्त बचेलेटले यस घटनाको पनि अनुसन्धान गर्न आह्वान गरेकी छन्। पीडित परिवारको न्याय पाउने अधिकार रहेको उनले उल्लेख गरेकी छन्।

विश्वभरि क्रियाशील दलित संघ/संस्था र अधिकारकर्मीको संयुक्त अपिलको परिणाम स्वरूप संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चआयुक्तको कार्यालय, जेनेभाले घटनाको भर्त्सना गर्दै निष्पक्ष छानबिनका लागि आह्वान गरेको दलित अधिकारकर्मी डा. मोम विश्वकर्माले फेसबुकमा लेखेका छन्।

याे पनि:  रुकुम घटना : पोष्टमार्टम रिपोर्टले भन्यो- पाँचै युवाको मृत्यु कुटपिटबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad