समाज


कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि

कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि

नेपालखबर
जेठ १७, २०७७ शनिबार ७:७,

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि स्याङ्जा जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ।

कोरोना संक्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार तयार पारिएको औषधि प्रयोगमा ल्याइएको हो।

जिल्ला अस्पतालसँग समन्वय गरेर आफूहरुले काम गरिरहेको जिल्ला आयुर्वेदिक अस्पताल लागिपरेको अस्पतालकी प्रमुख चिकित्सक सुभद्रा कार्कीले बताए। उनले भने, ‘स्थानीय जंगलमा गएर गुर्जोलगायतका जडीबुटी खोजेर ल्याएर संक्रमित बिरामीलाई ताजा गुर्जोको रसका साथै जडीबुटीबाट बनाएका औषधि खाने व्यवस्था मिलाएका छौँ।’ गुर्जो, असोगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोगमा ल्याएको जिल्ला आयुर्वेदिक अस्पतालले जनाएको छ।

भिडियो कन्फेरेन्सका माध्यमबाट आइसोलेसनमा रहेका संक्रमितलाई योग प्रणायामका साथै ध्यानका विधिसमेत आफूले सिकाउने गरेको डा. कार्कीले बताए। भारतबाट आएर वालिङको क्वारेन्टिनमा बसेका चार पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएपछि अहिले जिल्ला अस्पतालको कोरोना आइसोलेसन कक्षमा राखेर उपचार गरिएको छ भने एक महिलालाई पोखरा लगिएको छ। उनीहरुमा संक्रमणका अन्य लक्षण नदेखिएको र अवस्था सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad