राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ, बाजुरा र दार्चुलामा जनयात्रा अभियान सञ्चालन गर्ने भएको छ।
रास्वपा सुदूरपश्चिम प्रदेश समितिका सभापति प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिमका तीनवटा हिमाली जिल्लामा राजनीतिक जागरण र संगठन सुदृढीकरणका लागि पहिलो चरणको जनयात्रा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
अभियानले सुदूरपश्चिमका हिमाली जिल्लामा पार्टी संगठन मजदुत बन्ने विश्वाससमेत रास्वपाले लिएको छ।
159
Shares

प्रतिक्रिया