चिनियाँ वैज्ञानिकहरुले उत्तरपश्चिमी छिङहाइ प्रान्तको लेङकुमा ठूलो वेधशाला निर्माणका लागि अत्यन्त उपयुक्त स्थान फेला पारेको बताएका छन्।
तीन वर्षको प्रयासपछि खगोल–अध्ययनका लागि विश्वस्तरीय वेधशाला निर्माणको ठाउँ भेटिएको उनीहरुको भनाइ छ।
चीनको नेसनल एस्ट्रोनोमिकल अब्जरभेटरीको टोलीले सो स्थानको खोजी गरेको ग्लोबल टाइम्सले जनाएको छ।
सो स्थान विश्वका कहलिएका वेधशाला रहेका चिली र हवाइजत्तिकै उपयुक्त रहेको बताइएको छ।
पृथ्वीको सतहमा भविष्यको खगोलशास्त्रीय अध्ययनका लागि उपयुक्त स्थान सीमित मात्रामा रहेको वैज्ञानिहरुको भनाइ छ। सो स्थानमा अत्यन्त सुख्खा मौसम रहने, दिन र रातमा पनि आकाश सफा हुने बताइएको छ। एजेन्सी
भदौ ३, २०७८, बिहीबार
प्रतिक्रिया