प्रविधि


चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टलाई नयाँ एप सार्वजनिक गर्न प्रतिबन्ध

चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टलाई नयाँ एप सार्वजनिक गर्न प्रतिबन्ध

नेपालखबर
मंसिर ११

चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टलाई चीनमा नयाँ एप सार्वजनिक गर्नमा रोक लगाइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनको उद्योग तगा सूचना प्रविधि मन्त्रालयले अस्थायीरुपमा यसअघि ल्याइसकेको एपको अपडेट पनि रोक्न निर्देशन दिएको छ। 

चीनले  यसै महिना ल्याएको नयाँ गोपनीयताको नियमबारे अनुसन्धानको लागि नियामकले टेन्सेन्टलाई यस्तो निर्देशन दिएको हो। यद्यपि कम्पनीको अहिले उपलब्ध एपहरु भने डाउनलोड गर्न र सामान्यरुपमा प्रयोग गर्न सकिनेछ।

समाचारमा बताइएअनुसार नियामकले समग्ररुपमा अध्ययन नसक्दासम्म यस वर्षको अन्तिमसम्म टन्सेन्टमाथि लगाइएको प्रतिबन्ध कायम रहन सक्ने अपेक्षा छ। 

टेन्सेन्टले स्वच्छरुपमा आफ्नो सेवा सञ्चालन गर्दै आएको बताउँदै यस विषयमा सरकारसँग पनि सहकार्य गरेर अघि बढ्ने बर्ताको छ।

चीनले नोभेम्बरको सुरुबाट लागू हुने गरी सूचना संरक्षण कानुन ल्याएको थियो। पछिल्लो समय चीनले प्रविधि कम्पनीमाथि प्रयोगकर्ताको गोपनीयताबारे कडा कानुन ल्याएको छ।  

मंसिर ११, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .