ad ad

प्रविधि


भारतले एलन मस्कको इन्टरनेट कम्पनीलाई प्रतिबन्ध लगायो

भारतले एलन मस्कको इन्टरनेट कम्पनीलाई प्रतिबन्ध लगायो

एलन मस्क


नेपालखबर
मंसिर ११, २०७८ शनिबार १८:३०, काठमाडौँ

भारत सरकारले अमेरिकी अर्बपति व्यापारी एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिङ्कको सेवामा प्रतिबन्ध लगाएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भारत सरकारले शुक्रबार साँझ  विज्ञप्ति जारी गरी स्टारलिङ्कलाई नियम पालना गर्न भनेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘स्टारलिङ्कलाई भारतमा तत्काल बुकिङ गर्न र इन्टरनेट सेवा उपलब्ध गराउनबाट रोक लगाइएको छ।’

स्टारलिंकले गत नोभेम्बर १ मा भारतमा आफूलाई दर्ता गराएको थियो। यसपछि स्टारलिङ्कले आफ्ना विज्ञापन र बुकिङ सेवा सुरु गरेको थियो। ​

स्टारलिंक एलन मस्कको कम्पनी स्पेसएक्सको एक डिभिजन हो जसले स्याटेलाइट इन्टरनेट प्रदान गर्छ। तर भारतमा व्यापार गर्न उसले अहिलेसम्म लाइसेन्स पाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .