युरोप स्पेस एजेन्सी (ईएसए)ले मंगल ग्रहमा जमिनभन्दा केवल ३ फिट मुनि ठूलो मात्रामा पानी फेला परेको बताएको छ। मंगल ग्रहको ग्रान्ड कानयोनमा ठूलो मात्रामा पानी फेला परेको हो। डेलमेलका अनुसार एक्सो मार्स ट्रेस ग्यास अर्बाइटर (टीजीओ)ले मंगल ग्रहको जमिनमुनि ठूलो मात्रामा पानी रहेको फेला पारेको हो।
ईएसएका अनुसार भल्लेस मरिनर्सको सतहभन्दा तीन फिट मुनि पानी फेला परेको हो। उक्त क्षेत्र ३ हजार ८६२ किलोमिटरमा फैलिएको छ। पानी नै पानीले भरिएको यसको क्षेत्रफल नेदरल्याण्ड्स देखको आकारबराबरको रहेको ईएसएले बताएको छ।
यो क्षेत्रमा पानी पाउने सम्भावना सबैभन्दा धेरै छ। शोधको लेखकमध्येका एक अलेक्सी मलाखोभले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले पायौं कि भल्लेस मरिनर्सको मध्यवर्ती क्षेत्र पूरै पानीले भरिएको छ। यहाँ पानीको मात्रा हाम्रो अपेक्षाभन्दा पनि धेरै छ।’
उनका अनुसार यहाँ पृथ्वीमा सधैं बरफको रुपमा रहेको पानीजस्तै त्यहाँ पनि जमिनमुनि ठूलो मात्रामा पानी रहेको छ। यो क्षेत्रमा निरन्तर कम तापमान भएकाले सधैं बरफ सुख्खा जमिनमुनि रहेको छ।
सबैभन्दा पहिला सन् २००६ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक तस्वीर सार्वजनिक गर्दै मंगल ग्रहमा पानी भेटिएको प्रमाण पाइएको बताएको थियो। सन् २००८ मा नासाको फोनिक्स मार्स ल्याण्डरले मंगलग्रहमा बरफ रहेको पुष्टि गरेको थियो।
प्रतिक्रिया