ad ad

प्रविधि


पहिलोपटक ट्वीटरका कर्मचारीलाई सम्बोधन गर्दै मस्क

पहिलोपटक ट्वीटरका कर्मचारीलाई सम्बोधन गर्दै मस्क

नेपालखबर
जेठ ३१, २०७९ मंगलबार ११:४१, काठमाडौँ

यसै साता अर्बपति इलोन मस्कले पहिलोपटक ट्वीटरका कर्मचारीहरुलाई सम्बोधन गर्ने भएका छन्।

ट्वीटर खरिदको सम्झौता भएपछि पहिलोपटक मस्कले ट्वीटरका कर्मचारीहरुलाई सम्बोधन गर्न लागेका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्पनीका सीईओ प्रयाग अग्रवालले कर्मचारीहरुलाई पठाएको पत्रमा मस्कले सम्बोधन गर्ने उल्लेख छ। उक्त बैठक आगामी बिहीबारको लागि तोकिएको छ।

यो क्रममा ट्वीटरका कर्मचारीहरुले प्रत्यक्षरुपमा मस्कलाई प्रश्न सोध्न सक्छन्। 

गत साता ट्वीटरका शेधरधनीहरुले ट्वीटरसँगको सम्झौताबारे आगामी अगष्टमा मतदान गर्न सक्ने अनुमान गरिएको थियो।

ट्वीटरका प्रवक्ताले पनि मस्कले यस साता कम्पनीका कर्मचारीहरुलाई सम्बोधन गर्ने पुष्टि गरेका छन्। 

ट्वीटरको मस्कसँग सम्झौता भएसँगै धेरै कर्मचारीहरु सशंकित भएका छन्।

त्यसैले मस्कले बिहीबार गर्न सक्ने सम्बोधन महत्वपूर्ण हुन सक्ने अपेक्षा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .