ad ad

प्रविधि


इटाली र कजाकस्तानमा एप्पल र एन्ड्रोइड फोन ह्याक

इटाली र कजाकस्तानमा एप्पल र एन्ड्रोइड फोन ह्याक

नेपालखबर
असार ११, २०७९ शनिबार १३:४०, काठमाडौँ

इटालीको एक कम्पनीले एप्पल र एन्ड्रोइड फोन ह्याक गरी इटाली र कजाकस्तानमा जासुसी गरिरहेको गुगलले बताएको छ।

गुगलका अनुसार मिलानमा रहेको आरसीएर ल्याबले लक्षित फोनको व्यक्तिगत म्यासेज र फोन विवरण हेर्नको लागि उक्त टूलको प्रयोग गरिरहेको छ। 

पछिल्लो समय अमेरिकी र युरोपेली नियामकहरु ह्याक गरी जासुसी गर्ने किसिमको जोखिमपूर्ण सफ्टवेयरमाथि प्रतिबन्ध लगाउनेबारे नयाँ नियम ल्याइरहेका छन्। 

यस विषयमा इटाली तथा कजाकस्तानका अधिकारीले भने कुनै प्रतिक्रिया दिएका छैनन्। आरसीएस ल्याबले आफ्ना उत्पादनहरु सबै युरोपेली नियमसंगत रहेको र यस विषयमा अनुसन्धानको लागि नियामकलाई सघाउने पनि बताएको छ। 

गुगलले आफूले एन्ड्रोइड  अपरेटिङ प्रणाली बलियो बनाउनका लागि काम गरिरहेको र फोनको ह्याक गरी भइरहेको जासुसीको विषयमा पनि प्रयोगकर्ताहरुलाई जानकारी गराइसकेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .