प्रविधि


मस्कको टेस्लाले बिटक्वाइन बेचेर किन्यो अर्कै मुद्रा

मस्कको टेस्लाले बिटक्वाइन बेचेर किन्यो अर्कै मुद्रा

नेपालखबर
साउन ५, २०७९ बिहिबार १३:६, काठमाडौँ

अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले आफूसँग भएको क्रिप्टोकरेन्सी बेचेको छ।

गत वर्ष मात्र बिटक्वाइनमा ठूलो लगानी गरेको टेस्लाले आफ्नो ७५ प्रतिशत बिटक्वाइन बिक्री गरेको हो। अहिले टेस्लाले बिक्री गरेको बिटक्वाइनको भाउ २०२१ को अन्तिममा करिब २ अर्ब डलर थियो।  

यस वर्ष क्रिप्टोकरेन्सीको मूल्य ५० प्रतिशतभन्दा बढीले घटेको छ । टेस्लाले बिटक्वाइन बिक्रीबाट आएको रकमबाट ९३ करोड ६० लाख डलरको परम्परागत मुद्रा किनेको बताएको छ।

टेस्लाका मालिक इलोन मस्कले क्रिप्टोकरेन्सीको विषयमा सामाजिक सञ्जालमा दिने अभिव्यक्तिको कारण क्रिप्टोकरेन्सीको बजार झन् अस्थिर बन्दै गएको हो। 

सन् २०२१ को फेब्रुअरीमा टेस्लाले बिटक्वाइनमा १ अर्ब ५० करोड डलर लगानीको विषयमा छलफल अघि बढाएको थियो। 

गत वर्ष नोभेम्बरमा बिटक्वाइनको मूल्य करिब ७५ हजार डलर पुगेको थियो। अहिले भने बिटक्वाइनको भाउ करिब २५ हजार डलरको हाराहारीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .