ad ad

प्रविधि


चीनले बनायो पानीभित्रै लामो दुरीमा कुरा गर्न सकिने प्रविधि

चीनले बनायो पानीभित्रै लामो दुरीमा कुरा गर्न सकिने प्रविधि

नेपालखबर
असोज १, २०७९ शनिबार १३:७, काठमाडौँ

चिनियाँ वैज्ञानिकले पानीभित्रै लामो दुरीमा कुरा गर्न सकिने किसिमको प्रविधि विकास गरेका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो प्रविधि दक्षिण चीन सागरमा परीक्षण पनि गरिएको छ। यो प्रविधि विकास भएसँगै अब चिनियाँ पनडुब्बी र ड्रोनबीच करिब ३० हजार वर्गकिलोमिटरभित्र सम्पर्क गर्न सघाउ पुग्नेछ।

यो दुरीमा चीनबाट झण्डै बेल्जियमसम्म सम्पर्क गर्न सकिनेछ। 

आवाज सुन्ने यो डिभाइसले पानीभन्दा दुई सय मिटर गहिराइबाट १०५ किलोमिटर टाढासम्मको सिग्नल लिन सक्छ। जुन पनडुब्बीको लागि निकै महत्वपूर्ण हुने अधिकारीहरुले बताएका छन्। 

शोधकर्ताहरुका अनुसार यो प्रविधिबाट आवाज पठाउँदा पृष्ठभूमिमा धेरै हल्ला आए पनि प्राप्त गर्ने सन्देशमा भने कुनै पनि त्रुटि हुँदैन। 
अहिले व्यावसायिकरुपमा उपलब्ध प्रविधिबाट सम्पर्क गर्नुपर्दा १० किलोमिटरभन्दा टाढा यसले सिग्नल दिन सक्दैन।

गत वर्ष दक्षिण कोरियाले परीक्षण गरेको प्रविधिले पनि २० किलोमिटरभन्दा टाढा सिग्नल दिन सक्दैन। 

चीनले पछिल्लो समय हतियारमा आधुनिक प्रविधिको विकासलाई तीव्रता दिएको छ। केही समयअघि मात्र हाइपरसोनिक हतियार परीक्षण गरेको चीनले समुद्रमै रोबोटिक ड्रोन रोक्ने र रिचार्जसमेत गर्न सक्ने प्रविधि विकास गरिरहेको बताएको छ।

त्यस्तै चीनले समुद्रमा जहाजमा राख्न सकिने र युद्धको बेला सक्रिय हुने किसिमको ‘स्मार्ट’ हतियार तथा आणविक शक्तिबाट चल्ने ड्रोन निर्माणको काम गरिरहेको छ। 

शोधकर्ताहरुका अनुसार एआईको आधारमा चल्ने मेसिनहरु सञ्चालनको लागि एकअर्कामा सम्पर्क गर्नु निकै महत्वपूर्ण हुन्छ। त्यसको लागि पनि अहिले विकास गरिएको प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनीहरुको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .