ट्वीटरका नयाँ मालिक इलोन मस्कले आइतबार एक ट्वीटमार्फत माइक्रोब्लगिङ वेबसाइट निकै स्लो भएको भन्दै प्रयोगकर्तासँग माफी मागेका छन्।
ट्वीटमा उनले भनेका छन्, ‘म ट्वीटर धेरै मुलुकमा निकै स्लो चलेको कारण माफी चाहन्छु।’
त्यसपछि उनले ट्वीटर स्लो भएको प्राविधिक कारण पनि उल्लेख गरेका छन्।
मस्कले नक्कली खाता हटाउनको लागि नयाँ फिचर ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
अहिले ट्वीटरले संघ/संस्थालाई आफ्नो ट्वीटर एकाउन्ट कुन हो भनेर पहिचान गर्न आग्रह गरिरहेको छ। यसअघि ट्वीटर आफ्नो भेरिफिकेशन कार्यक्रम रोक्न बाध्य भएको थियो।
प्यारोडी फेक खाताले पनि ८ डलर तिरेर भेरिफाइ गरेसँगै अहिले ट्वीटर नक्कली खाता हटाउने योजनामा अघि बढेको हो।
कात्तिक २८, २०७९, साेमबार
129
Shares
प्रतिक्रिया