स्मार्टफोन बोक्ने नेपाली ७३ प्रतिशत रहेका छन्।
राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको जनगणना २०७८ को तथ्यांकअनुसार ७३ प्रतिशतले स्मार्ट र ७३.३ प्रतिशतले सामान्य फोन बोक्छन्।
तर इन्टरनेटको पहुँचमा भने ३७.८ प्रतिशत मात्रै रहेका छन्। तथ्यांकअनुसार नगरपालिकामा ४५.७ प्रतिशत र गाउँपालिकामा २१.५ प्रतिशत इन्टरनेटको सुविधा पुगेको हो।
रेडियोका ३४.२ प्रतिशत र टेलिभिजनका ४९.४ प्रतिशत प्रयोगकर्ता रहेका छन्।
12
Shares
प्रतिक्रिया