भारतमा एप्पलले दोस्रो आधिकारिक स्टोर खोलेको छ। मुम्बई महानगरपछि राजधानी सहर दिल्लीमा एप्पलले स्टोर खोलेको हो।
एप्पलले दक्षिण दिल्लीको साकेतमा स्टोर खोलेको छ। एप्पलका सीईओ टिम कुकले कम्पनीको दोस्रो स्टोर बिहीबार बिहान १० बजे उद्घाटन गरे।
एपलको २५ देशमा ५ सयभन्दा धेरै आधिकारिक स्टोर छन्। सबैभन्दा धेरै अमेरिकामा २७२ स्टोर रहेका छन्।
टिम कुकले स्टोर उद्घाटन गरेपछि स्थानीयबासी र ग्राहकहरुसँग तस्बिर पनि खिचाएका छन्।
यसअघि उनले एप्पलक पहिलो फ्ल्यागशिप रिटेल स्टोर मुम्बईमा १८ अप्रिलमा खोलेका थिए। रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीको जियो वर्ल्ड ड्राइभ मलमा यो स्टोर बनाइएको हो।
दिल्लीको फर्स्ट फ्लोर स्टोर मुम्बईको फ्ल्यागशिप स्टोरभन्दा सानो छ। तर यसमा सबै एप्पल प्रोडक्ट राखिएको छ।
एप्पलको दिल्ली आउटलेटलाई एप्पल साकेत नाम राखिएको छ। यो दक्षिण दिल्लीको सेलेक्ट सिटी वाक मलमा छ।
नयाँ दिल्ली रेलवे स्टेशनदेखि यसको दूरी करिब १६ किलोमिटर छ। यस स्टोरको डिजाइन दिल्लीका कयौँ गेटबाट प्रभावित छ। यो स्टोरका लागि एप्पलले हरेक महिना ४० लाख भारतीय रुपैयाँ तिर्नेछ।
Shares
प्रतिक्रिया