सरकारले यसअघि नेपालमा भित्रिएर दर्ता नभएका मोबाइल असार मसान्तसम्म दर्ता गर्न सक्ने व्यवस्था गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले कार्यन्वयनमा ल्याएको जेठ १५ सम्म नेपालमा प्रयोग रहेका मोबाइल दर्ता गराउनु पर्ने भएको हो।
जेठ १ गतेबाट एमडीएमएस कार्यन्वयन भएको छ।
बजेटमा २०८० साल जेठ १५ सम्म नेपालमा प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणालीमा दर्ता हुन नसकेका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले एक पटकका लागि असार मसान्तसम्ममा तोकिएबमोजिम एकमुष्ठ महसुल बुझाई दर्ता गर्न सक्ने व्यवस्था मिलाएको हो।
जेठ १५, २०८०, साेमबार
54
Shares
प्रतिक्रिया