प्रविधि


सुपरकम्प्युटरभन्दा १८ करोड गुणा छिटो काम गर्ने क्वान्टम कम्प्युटर बनाएको चिनियाँ वैज्ञानिकको दाबी

सुपरकम्प्युटरभन्दा १८ करोड गुणा छिटो काम गर्ने क्वान्टम कम्प्युटर बनाएको चिनियाँ वैज्ञानिकको दाबी

नेपालखबर
जेठ २६, २०८० शुक्रबार १८:४८,

चिनियाँ वैज्ञानिकहरुले क्वान्टम कम्प्युटर विकासको अर्को कोसेढुंगा पार गरेको बताएका छन्। एआईसम्बन्धी काममा आफूहरुले विकास गरेको कम्प्युटरले हाल विश्वमा रहेका सुपरकम्प्युटरहरुभन्दा १८ करोड गुणा छिटो काम गर्ने घोषणा उनीहरुले गरेका छन्।

उनीहरुको क्वान्टम कम्प्युटर डेटा माइनिङ, बायोलोजिकल इन्फर्मेसन, नेटवर्क एनालिसिस र केमिकल मोडलिङसम्बन्धी अनुसन्धानमा प्रयोग गर्न सकिने अध्येताहरुले बताएका छन्।

‘हाम्रो काम मध्यम स्तरको क्वान्टम कम्प्युटर प्रयोग गरी वास्तविक समस्या समाधानको परीक्षणतर्फको अर्को एक कदम हो,’ अध्ययन टोलीका नेता तथा युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी अफ चाइनाका भौतिकशास्त्री पान चियानवेइले लेखेका छन्।

उनलाई चीनको ‘क्वान्टमका पिता’ भनेर पनि चिनिन्छ।

उनीहरुको अध्ययन पिअर रिभ्युपछि फिजिकल रिभ्यु लेटर्समा गत महिना प्रकाशित भएको थियो।

परीक्षणमा विश्वको सबैभन्दा छिटो काम गर्ने सुपरकम्प्युटरले पाँच वर्षमा गर्नसक्ने काम चिनियाँ वैज्ञानिकहरुले तयार गरेको क्वान्टम कम्प्युटरले एक सेकेन्डभन्दा कम समयमा गरेको बताइएको छ।

सो कम्प्युटरलाई उनीहरुले चिउचाङ नाम दिएका छन्। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .