ओपनएआई किन्न इलोन मस्कले गरेको प्रस्ताव कम्पनीले अस्वीकार गरेको छ र यो बिक्रीका लागि नभएको बताएको छ।
शनिबार अध्यक्ष ब्रेट टेलरले ओपनएआई निर्देशक बोर्डका तर्फबाट विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन्।
‘ओपनएआई बिक्रीका लागि छैन र बोर्डले सर्वसम्मतीले मस्कको प्रस्तावलाई सर्वसम्मतिले अस्वीकार गर्यो’, विज्ञप्तिमा भनिएको छ, ‘ओपनएआईको कुनै पनि सम्भावित पुनर्गठनले हाम्रो गैरनाफामुखी संस्था र एजीआईमार्फत मानवतालाई फाइदा पुर्याउने यसको लक्ष्यलाई बलियो बनाउनेछ।’
इलोन मस्कले यस हप्ताको सुरुमा ओपनएआई किन्न प्रस्ताव गरेका थिए। यसका लागि उनले ९७.४ ट्रिलियन अमेरिकी डलर दिने बताएका थिए।
तर ओपनएआईका मालिक तथा च्याटजीपीटीका सीईओ साम अल्टम्यानले उनको प्रस्तावलाई अस्वीकार गर्दै भने, ‘हुँदैन, धन्यवाद! बरु तपाईं बेच्न चाहनुहुन्छ भने हामी एक्स (ट्विटर) ९.७४ बिलियन डलरमा किन्छौँ।’
एक्सका मालिक मस्क हुन्।
अल्टम्यान र मस्कले मिलेर ओपनएआई सुरु गरेका थिए तर पछि केही मतभेदका कारण मस्कले कम्पनी छाडे।
Shares

प्रतिक्रिया