अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किएका छन्।
नेपाली समयानुसार उनीहरू स्पेसएक्सको ड्र्यागन क्याप्सुलमार्फत बुधबार बिहान ३ बजेर ३९ मिनेट जाँदा पृथ्वीमा अवतरण गरेका हुन्।
उनीहरूसहित निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्ज्यान्डर गोर्बुनोभ बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रमा खसेको हो।

दुवैजना अन्तरिक्षयानबाट बाहिर निस्कँदाअनुहारमा मुस्कान थियो। उनीहरूलाई धर्ती आइपुग्न १७ घण्टा लाग्यो।
उनीहरू सवार अन्तरिक्ष यान द्रुत रूपमा पृथ्वीको वायुमण्डलमा पुन: प्रवेश गर्यो र त्यसपछि चारवटा प्यारासुट खुले। त्यसपछि उनीहरू फ्लोरिडाको तटमा बिस्तारै अवतरण गरे।

नासाको कमर्सियल क्रु प्रोग्रामका प्रबन्धक स्टिभ स्टिचले चालक दलका सदस्यको प्रशंसा गरे।
सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा परीक्षण वाहन स्टारलाइनरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) तर्फ उडेका थिए।
त्यहाँ आठ दिन बिताएपछि फर्कने तयारीमा रहेका उनीहरू प्राविधिक गडबडीका कारण ९ महिनासम्म अन्तरिक्षमै अलपत्र परेका थिए।
Shares

प्रतिक्रिया