प्रविधि


एयरपड्स म्याक्स-२ को लागि एप्पलको नयाँ फर्मवेयर अपडेट, यसरी गर्नुहोस् इन्स्टल

एयरपड्स म्याक्स-२ को लागि एप्पलको नयाँ फर्मवेयर अपडेट, यसरी गर्नुहोस् इन्स्टल

नेपालखबर
चैत १८, २०८२ बुधबार ११:११, काठमाडौँ

एप्पलले आफ्नो बहुप्रतिक्षित 'एयरपड्स म्याक्स २' बजारमा ल्याउनु ठीक अगाडि यसका लागि नयाँ फर्मवेयर अपडेट सार्वजनिक गरेको छ। कम्पनीले 'भर्सन नम्बर ८ई२५१'को अपडेट उपलब्ध गराएको हो।

नयाँ जेनेरेसनको एयरपड्स म्याक्समा पहिलेको एच-१ चिपलाई अपग्रेड गर्दै शक्तिशाली एच-२ चिप राखिएको छ। यो नयाँ चिपका कारण प्रयोगकर्ताले लाइभ ट्रान्सलेसन, एडेप्टिभ अडियो, लाउड साउन्ड रिडक्सन र भ्वाइस आइसोलेसन जस्ता अत्याधुनिक सुविधाहरू पाउनेछन्।एप्पल र म्याकसँग सम्बन्धित मात्र समाचार सम्प्रेषण गर्ने म्याकरिउमरका अनुसार  नयाँ फर्मवेयरले यिनै फिचरहरूलाई थप परिष्कृत र अप्टिमाइज गर्नेछ।

कसरी गर्ने फर्मवेयर अपडेट?
यदि तपाईं एयरपड्स म्याक्स २ खरिद गर्दै हुनुहुन्छ वा प्रयोगकर्ता हुनुहुन्छ भने एप्पलले बताएका यी स्टेप्स पछ्याएर फर्मवेयर अपडेट गर्न सक्नुहुन्छ।

१. सबैभन्दा पहिले आफ्नो एयरपड्स म्याक्सलाई आइफोन, आइप्याड वा म्याकको ब्लुटुथ रेन्जभित्र राखेर कनेक्ट गर्नुहोस्।

२. आफ्नो एप्पल डिभाइस (आइफोन/म्याक) लाई वाइफाइमा कनेक्ट गर्नुहोस्।
३. अब एयरपड्स म्याक्सलाई यूएसबी-सी केबलमार्फत चार्जिङमा जोड्नुहोस्।
४. अपडेट प्रक्रिया पूरा हुन कम्तीमा ३० मिनेट लाग्ने भएकाले डिभाइसलाई ब्लुटुथ रेन्जभित्रै राख्नुहोस्।

अपडेट भइसकेपछि एयरपड्सलाई पुनः कनेक्ट गरेर सेटिङमा गई नयाँ भर्सन आए/नआएको जाँच गर्न सकिन्छ। यदि फर्मवेयर इन्स्टल भएन भने एयरपड्सलाई 'रिस्टार्ट' गरेर पुनः प्रयास गर्न एप्पलले सुझाव दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad