कारोबार


सुनको मूल्यमा उच्च वृद्धि, चाँदी थप महँगियो

सुनको मूल्यमा उच्च वृद्धि, चाँदी थप महँगियो

फाइल तस्बिर


नेपालखबर
चैत १८, २०८२ बुधबार ११:१३, काठमाडौँ

हिजो बढेको सुनचाँदीकै मूल्य आज पनि बढेको छ। 

सुनको मूल्य प्रतितोला ७ हजार ४ सय रुपैयाँ बढेर दुई लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुनको भाउ प्रतितोला ४२ सय रुपैयाँ बढेर दुई लाख ९० हजार दुईसय रुपैयाँ कायम भएको थियो। 

सुनको मूल्य गएको सोमबार तोलामा २५ सय रुपैयाँ घटेको थियो भने आइतबार पाँच हजार रुपैयाँ बढेको थियो। 

गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँ बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ।  

गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad