फेसबुकले ‘लाइभ अडिओ रुम्स’ फिचर ल्याएको घोषणा गरेको छ। यो फिचर चर्चित एप्स क्लबहाउसको भर्सन भएको बीबीसीले जनाएको छ।
यो फिचर आएसँगै फेसबुक प्रयोगकर्ताले विभिन्न अडिओ रुममा सहभागी भएर कुराकानी गर्न सक्नेछन्।
फेसबुकले नयाँ फिचरको रुपमा ‘साउन्डबाइट्स’ पनि ल्याउने भएको छ। जहाँ प्रयोगकर्ताले छोटो अडिओ सन्देश बनाएर पठाउन सक्छन्।
लाइभ अडिओ रुम्स र साउन्डबाइटबाट धेरै फलोवर भएका प्रयोगकर्ताले आम्दानी पनि गर्नसक्ने फेसबुकले जनाएको छ।
धैरैपटक सुनिएका अडिओलाई फेसबुकले पैसा तिर्ने भएको हो।
प्रतिक्रिया