सामसुङले ग्यालेक्सी ए७० मोडलको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ।
दुई दिन अगाडि भारतमा यस फोन पहिलोपटक सार्वजनिक गरिएको हो।
यसमा ६४ मेगापिक्सलको क्यामेरा भएको बताइएको छ। फ्रन्ट क्यामेरा भने ३२ मेगापिक्सलको रहेको छ।
यस फोनमा ब्राइट जीडब्लु १ सेन्सर भएको जनाइएको छ। यस्तै यो फोनको ब्याट्री ४५ सय एमएएचको रहेको छ।

यसको र्याम ८ जीबि तथा इन्टरनल मेमोरी १२८ जीबीको रहेको छ।
यसको मूल्य ४४० अमेरिकी डलर रहेको छ। एजेन्सी

प्रतिक्रिया