प्रविधि


मधेसमा ३४१ जनाले गरे मतदान

मधेसमा ३४१ जनाले गरे मतदान

नेपालखबर
माघ ११, २०८२ आइतबार १५:४८, काठमाडौँ

राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा ३४१ जनाले मतदान गरेका छन्। 

आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्यको चुनावमा प्रदेश सभाका एक सय जनाले मतदान गरेका छन्। नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी मात्रै अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ। 

त्यस्तै, स्थानीय तहतर्फ २४२ जनाले मतदान गरेका छन्। स्थानीय तहमा  २६४ मतदाता रहेको भए पनि २२ जना अनुपस्थित रहे। 

दुवै तर्फ गरेर ३४१ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ। मधेसमा राष्ट्रिय सभा निर्वाचनमा ३६४ मतदाता रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad