राष्ट्रिय सभाका रिक्त पदका लागि कोशी प्रदेशमा मतदान सम्पन्न भएको छ।
विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेदेखि शुरू भएको मतदान ३ बजे सकिएको हो।
प्रदेश सांसदहरू ८७ जना र पालपका तर्फ २५८ जनाले मतदान गरेका छन्। प्रदेश सभामा कुल ९३ सदस्य रहने भए तापनि ८७ जनाले मात्रै मतदान गरेका हुन् जसको ४४३७ मतभार हो।
प्रदेश सभाका राप्रपाले मतदान नगरेको हो। प्रदेश सभामा राप्रपाका सभामुख सहित ६ जना हुन्। एकजनाले राजीनामा दिएपछि सभामुख बाहेक ४ जना मात्रै मतदाता थिए। त्यस्तै स्थानीय तहतर्फ २५८ जनाले मतदान गरेका छन्।
कोसी प्रदेशमा कुल ९३ प्रदेश सभा सदस्यमध्ये हाल ९२ जना र स्थानीय तहका २७४ प्रमुख/उपप्रमुखमध्ये २६९ जना मतदाता कायम छन्। जसमा ९ जना स्थानीय तहले मतदान गरेनन्।
सांसद ५ र पालिका प्रमुख उप्रमुख ९ गरि १४ जनाले मतदान नगरेको निर्वाचन कार्यालय कोसी प्रदेशका प्रमुख चोलाराज दंगालले जानकारी दिए।

प्रतिक्रिया