सप्तरीमा बाढीले बगाउँदा एक युवतीको मृत्यु भएको छ।
अग्निसाइर कृष्णसरवण गाउँपालिकामा स्थानीय महुली खोलाले बगाउँदा २२ वर्षीया महाकुमारी साहको मृत्यु भएको हो।
अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारीलाई सोमबार साँझ बाढीले बगाएको प्रहरीले जनाएको छ।
उनी आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा लिन जंगल गएकी थिइन्। तामा लिएर साँझ घर फर्किने क्रममा उनलाई महुली खोलामा आएको बाढीले बगाएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ।
इप्रका महुली र कञ्चनपुरको प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २ सय मिटर तल उनको शव फेला परेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
9
Shares
प्रतिक्रिया