मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलाको बाढीले बगाएको स्कुटर धनीको पहिचान खुलेको छ।
सोमबार बाढीले बगाएको बागमती प्रदेश ०२- ०३२ प ८०५४ नम्बरको स्कुटर आज बिहान भेटिएको थियो।
उक्त स्कुटर सर्लाही निवासी महेश कार्कीको नाममा दर्ता रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मावध काफ्लेले जानकारी दिए।
काफ्लेका अनुसार सवारी नम्बर दर्तामा नाम हेर्दा सर्लाहीका महेश कुमार कार्की रहेको पुष्टी भएको हो।
‘यातायात कार्यालयको रेकर्डमा सवारी धनीको नाम सर्लाहीका महेश कुमार कार्की रहेको पाइएको छ, डीएसपी काफ्लेले भने, ‘तर बेपत्ता भएका चालक सवारी धनी हुन् की होइन भन्ने पत्ता लागेको छैन। हामी यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ।’
सोमबार दिउँसो कुलेकानी ड्याम नजिकै रहेको सिमखोलामा आएको बाढीले स्कुटर चालकसहित बगाएको थियो।
आज बिहान स्कुटर फेला परेको हो। चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीले उक्त घटनामा स्कुटरसहित चालक पनि बगेको बताएका छन्।
Shares

प्रतिक्रिया