पाकिस्तानका लागि अफगानी राजदूत नजिबुल्लाह अलिखिलको छोरीलाई अपहरण गरेर कुटपिट गरिएको छ।
२७ वर्षकी सिलसिला अलिखिललाई शुक्रबार इस्लामाबादको एक बजारबाट केही अज्ञात समूहले केहीबेर अपहरण गरेर कुटपिट गरेको बीबीसीले जनाएको छ।
कुटपिटपछि उनलाई बेहोस अवस्थमा सडकमा भेटिएको थियो। यो घटनासँगै अफगानिस्तानले पाकिस्तान सरकारलाई आफ्नो कूटनीतिज्ञ र उनीहरुको परिवारको सुरक्षा सुनिश्चित गर्न भनेको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गृहमन्त्री शेख रसिदलाई यो घटनामा संलग्न व्यक्तिहरुलाई ४८ घण्टाभित्र गिरफ्तार गर्न निर्देशन दिएका छन्।
उनले दोषीलाई भाग्न नदिन पाकिस्तान सरकारले पुरै शक्ति संचालन गर्ने बताएका छन्।
गृहमन्त्री रसिदका अनुसार बेकरीबाट ट्याक्सीमा निवास फर्कँदै गर्दा ट्याक्सी ड्राइभरले अर्का एक व्यक्तिलाई ट्याक्सिमा राखेका थिए।
त्यसपछि नै उनी अपहरणमा परेकी थिइन्। हाल ट्याक्सी ड्राइभर पक्राउ परिसकेका छन्। पछिल्लो समय पाकिस्तान अफगानिस्तानको सम्बन्धमा दरार सिर्जना भएको देखिन्छ।
अफगान सरकारका अनुसार पाकिस्तानले तालिबान विद्रोहीलाई समर्थन गर्दछ।
यो पनिः अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि चीनले त्यहाँ प्रभाव बढाउन खोज्दै
- अफगानिस्तानबाट अमेरिकी सेना फर्किँदै, नेटोका शीर्ष कमान्डरले जिम्मेवारी सुम्पिए
- आत्मसमर्पण गरेका २२ अफगान कमान्डोमाथि तालिबानले गोली हानेको भिडिओ सार्वजनिक
- बेइजिङले चिन्ता व्यक्त गरेपछि तालिबानले भन्योः हामी चीनलाई सहयोगीको रुपमा लिन्छौं
Shares

प्रतिक्रिया