समाज


धनुषामा कुटपिट गरी एक युवकको हत्या, दुई साथी पक्राउ

धनुषामा कुटपिट गरी एक युवकको हत्या, दुई साथी पक्राउ

शैलेन्द्र महतो
साउन १३, २०७८ बुधबार ८:५५,

धनुषा एक युवकको हत्या भएको छ। शहिदनगर नगरपालिका- ३ गोठकुहाका २५ वर्षीय गोबिन्द यादवको कुटपिट गरी हत्या भएको हो। 

यादव मंगलबार बिहान ७ बजे घर नजिकै सडक छेउको कर्कलो बारीमा गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनको उपचारको क्रममा दिउँसो विराटनगरमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए। 

टाउको र मुखमा गम्भीर चोट लागेको अवस्थामा पेला परेका गोबिन्दलाई तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा लागिएको थियो। जनकपुरमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि विराटनगरस्थित न्युरो हस्पिटलमा रेफर गरिएको थियो। उपचारको क्रममा गोबिन्दको मंगलबार दिउँसो मृत्यु भएको डिएसपी मिश्रले जानकारी दिए।  

गोबिन्दको निर्घात कुटपिट गरी हत्या गरेको दाबी उनका परिवारका सदस्यले गरेका छन्। कुटपिटमा संलग्न भएको आशंकामा प्रहरीले उनका दुईजना साथीलाई पक्राउ गरेको छ। ‘गोबिन्दको हत्या आशंकामा उनका दुईजना साथीलाई नियन्त्रणमा लिएर अनुसन्धन थालेका छौं,’ डिएसपी मिश्रले नेपालखबरसँग भने।  

स्थानीय बासिन्दाले अज्ञात समूहले सोमबार राति नै मरासन्न हुनेगरी कुटपिट गरी झाडीमा फालेर भागेको हुन सक्ने बताएका छन्। आफन्तले गोबिन्दको हत्या भएको दावी गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .