समाज


विद्यालयमा झडप हुँदा १५ जना घाइते

विद्यालयमा झडप हुँदा १५ जना घाइते

शैलेन्द्र महतो
साउन १८, २०७८ सोमबार ११:४८, जनकपुरधाम

रौतहटमा विद्यार्थी भर्ना विषयमा झडप हुँदा १५ जना घाइते भएका छन्।  

रौतहटको माधवनारायण नगरपालिका–४, स्थित मावि विष्णुपूर्वामा दुई पक्षबीच झडप भएको हो। 

झडपमा १३ जना घाइते भएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले जानकारी दिए।

उनका अनुसार आइतबार अपराह्न विद्यालयका प्रधानाध्यापक राजेश यादव तथा विद्यालयको व्यवस्थापन समितिका पूर्वध्यक्षदेवनारायण भगत मालीको समूह र वडा ४ का वडाध्यक्ष रामदेनी मुखियाको समूहबीच झडप भएको हो। 

झडपमा एक पक्षका ९ र अर्का पक्षका ६ जना गरी १५ जना घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी साहले नेपालखबरलाई जानकारी दिए। उनीहरू समान्य घाइते भएको र स्थानीय स्तरमा उपचार भइरहेको उनले बताए। 

‘दुवै पक्षका २ दुई जनालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेका छौं । सार्वजनिक शान्ति भंग गरेको मुद्दामा कारबाही हुन्छ,’ प्रहरी उपरीक्षक साहले नेपालखबरसँग भने। 

गत वैशाखमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगतको निधन भएपछि रिक्त स्थानमा पदपूर्ति गर्ने विषयमा विवाद हुँदा झडप भएको हो।

पूर्वध्यक्ष मालीका नाति पारस भण्डारीसहित प्रधानाध्यापक पक्ष र वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखियासहितले आआफ्ना पक्षबाट अध्यक्ष हुनु पर्ने दाबी गरेपछि विवाद सिर्जना भएको छ।

पूर्वअध्यक्ष मालीका नाति पारस जसपा पक्षका हुन् भने वडाध्यक्ष माओवादी पक्षका हुन्।

विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावक मात्रै हुन पाउने प्रावधान भएकाले आइतबार वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए। 

प्रअले विद्यार्थी र अभिभावकलाई ल्याए मात्रै भर्ना गर्ने बताएपछि दुवै पक्षबीच भनाभन हुँदै झडप भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .