ad ad

समाज


सन् १९६५ को युद्धमा बन्द भएको भारत–बंगलादेश रेल सेवा सुचारु, नेपाललाई पनि फाइदा

सन् १९६५ को युद्धमा बन्द भएको भारत–बंगलादेश रेल सेवा सुचारु, नेपाललाई पनि फाइदा

(फाइल तस्बिर)


नेपालखबर
साउन १८, २०७८ सोमबार १४:२, काठमाडौँ

५६ वर्ष अगाडि अर्थात् सन् १९६५ मा भारत र पाकिस्तानबीच युद्ध हुँदा बन्द भएको भारत–बंगलादेश रेल सेवा यतिबेला सुचारु भएको छ।

शनिबारदेखि खाद्य सामग्री बोक्ने उक्त रेल भारतबाट बंगलादेश चल्न थालेको छ। यो रेल पश्चिम बंगालको हल्दिबारीदेखि बंगलादेशको चिलाहाटीसम्म पुग्छ।

आसामदेखि उत्तरी बंगालसम्म खाद्य सामग्री पुर्याउन यो रेल सेवा सबैभन्दा उपयुक्त र चाँडो माध्यम हो।

नर्थइस्ट फ्रन्टियर रेलवेका जनसम्पर्क अधिकारी सुभनान चन्द भन्छन्,‘यो विभाजनको समयमा कोलकतादेखि सिलीगुडीसम्म ब्रोडगेज रेलको मुख्य मार्ग थियो। विभाजन भएपछि पनि आसाम र उत्तर बंगालको रेल पूर्वी पाकिस्तान क्षेत्रबाट चलिरहेका थिए। तर सन् १९६५ को युद्धले भारत र तत्कालीन पूर्वी पाकिस्तान बीचको सबै रेल सम्पर्क टुट्यो।’

हल्दिबारी–चिलाहाटी रेलमार्गले आसाम, पश्चिम बंगाल, नेपाल र भुटानबाट बंगलादेशमा र बंगलादेशबाट ती देशमा सामान ढुवानीको लागि एक छोटो मार्ग प्रदान गर्दछ। डेकान हेराल्ड

Bangladesh, India open Haldibari-Chilahati rail route
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .