समाज


वडाध्यक्षद्वारा कार्यालयमै डोरीले बाँधेर एक युवामाथि निर्घात कुटपिट

वडाध्यक्षद्वारा कार्यालयमै डोरीले बाँधेर एक युवामाथि निर्घात कुटपिट

नेपालखबर
साउन २०, २०७८ बुधबार ९:५१, काठमाडौँ

जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर नेपालीले स्थानीय एक युवालाई कार्यालय परिसरमै डोरीले बाँधेर कुटपिट गरेका छन्। 

यही साउन १५ गते वडा कार्यालय परिसरमै वडाध्यक्ष नेपालीले स्थानीय सर्पे नेपालीलाई निर्घात कुटपिट गरेका हुन्। वडाध्यक्षले कुटपिट गर्दै गरेको भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएपछि यो घटनप्रति धेरैले चासो राखेका छन्।

वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको बेला मदिरा सेवन गरेर आएका नेपालीले अपशब्द बोल्दै ढुंगा प्रहार गर्न थालेपछि उनलाई नियन्त्रणमा लिने प्रयास गरिएको वडा कार्यालयले जनाएको छ।

प्रहरीले भने मदिरा सेवन गरी होहल्ला गरेकाले नियन्त्रणमा दिने क्रममा स्थानीयबाट ती युवामाथि केही हातापात भएको जनाएको छ। घटनाको विषयमा अहिलेसम्म कुनै पक्षबाट उजुरी नआएको स्थानीय प्रहरीले जनाएको छ।

सम्बन्धित पक्षबाट उजुरी आएमा आवश्यक छानविन गरी दोषीमाथि कारबाही गरिने प्रहरी निरीक्षक खुमानन्द न्यौपानेले बताए।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि घटनाप्रति चासो राखेका छन्। उनले असहाय नागरिकलाई डोरीले बाँधेर निर्घात कुटपिट गर्ने जनप्रतिनिधि जुनसुकै दलका भए पनि कानुनी कारबाहीको भागिदार बन्नुपर्ने बताएका छन्। 

प्रवक्ता शर्माले घटनाप्रति गृहमन्त्री बालकृष्ण खाँडकोसमेत ध्यानाकर्षण गराएका छन्। 

‘जाजरकोट जुहि चाँदेको घटना निन्दनीय छ। असहाय नागरिकलाई डोरीले बाँधेर निर्घात कुटपिट गर्ने जनप्रतिनिधि जुनै दलका हुन्, कानुनी दण्डको भागिदार बन्नैपर्छ,’ शर्माले बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराउँछु। यस्तो अमानवीय प्रवृत्ति निरुत्साहित गर्न दल र समाजको एक्यवद्धता जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad