समाज


सुजिता हत्या प्रकरण : देवर र बुबा कारागार चलान, अरु पाँच जना छुटे

सुजिता हत्या प्रकरण : देवर र बुबा कारागार चलान, अरु पाँच जना छुटे

शैलेन्द्र महतो
साउन २८, २०७८ बिहिबार २१:०, जनकपुरधाम

महोत्तरीको लोहारपट्टी नगरपालिका-७ भ्रमरपुराकी सुजिता ठाकुर हत्या प्रकरणमा देवर र बुबा पूर्वपक्षका लागि कारागार चलान भएका छन्। अन्य पाँचजना भने धरौटीमा रिहा भएका हुन्। 

महोत्तरी जिल्ला अदातलको आदेशमा सुजिताकी देवर २९ वर्षीय रूपेश ठाकुर र बुवा ५० कामेश्वर पाण्डेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

मंगलबार न्यायाधीश मुकेशकुमार उपाध्यायको इजलासले घटना र शव लुकाउन सहयोग गरेको अभियोग लागेका जनकपुरधाम उपमहानगरपालिका–१४ कुटीपोखरी बसहिया बस्ने ५५ वर्षीय प्रमोद भनिने विनोद मण्डल, लोहरपट्टी–७ भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भनिने आदम राइन र ३२ वर्षीय नथुनी मण्डललाई जनहरी एक/एक लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन्।

यस्तै घटना लुकाउने अभियोग लागेका सुजिताकी नन्द महोत्तरीकै भंगहा नगरपालिका १ कविलासाकी ३५ वर्षीया अन्जु ठाकुरलाई १० हजार धरौटीमा रिहा भएको अदालतले जनाएको छ। 

घटना पश्चात सुजिताका ससुरा पतिराम ठाकुर, सासू रामसखी ठाकुर र देवरानी रुपेशकी श्रीमती रोमा ठाकुर अझै फरार रहेका छन्। 

गएको जेठ २० गते बिहानै २७ वर्षीया सुजिताको हत्या भएको थियो। प्रहरीका अनुसार घरायसी विवादमा देवर रुपेशले घाँटी थिचेर हत्या गरी शव लुकाएका थिए। असार १४ गते पतिरामको खेतमा शवको अवशेष फेला परेको थियो भने असार २७ गते घरभन्दा ५ सय मिटर पर चिरान मिलको छेउमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको थियो। 

प्रहरीले बुबा कामेश्वरले आफै छोरी सुजिता ठाकुरलाई मार्न पटक–पटक भनेको र घटना लुकाउन बार्गेनिङ गरेको कुरा अनुसन्धानको क्रममा खुलेकोले पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .