समाज


तलब नदिएको रिसमा पूर्वकर्मचारीले प्रधानाध्यापकलाई चप्पलले हानिन्!

तलब नदिएको रिसमा पूर्वकर्मचारीले प्रधानाध्यापकलाई चप्पलले हानिन्!

शैलेन्द्र महतो
भदौ ५, २०७८ शनिबार १३:१६, काठमाडौँ

धनुषाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई पूर्व सहलेखापालले चप्पलले हानेकी छन्। 

जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर २ भूचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयका प्रद्यानाध्यापक राजकुमार राउतलाई स्कुलकै पूर्वकर्मचारी रञ्जिताकुमारी महतोले चप्पलले कुटपिट गरेकी हुन्। 

घटना यही भदौ १ गते बिहान १० बजेको हो। प्रअ राउत विद्यालयमा भर्खर आएका थिए। पूर्व सहलेखापाल महतोले आफ्नो बक्यौता तलब मागिन्। तुरुरन्तै आफूलाई चेक दिन भनेपछि प्रअ राउतसँग विवाद भयो। त्यस क्रममा सहलेखापाल रञ्जिताले कोठामा थुनेर प्रअ राउतलाई चप्पलै चप्चलले हानेकी हुन्। 

सहलेखेलापाल महतोकी श्रीमान स्थानीय जितन महतोले विद्यालयमा दुई वर्ष श्रीमतीले काम गर्दा उच्च अदालत (जनकपुर) ले ५ महिनाअघि नै सबै तलब उपलब्ध गराउन विद्यालयलाई परमादेश दिएको भए पनि अटेर गरेर उल्टै विवाद गरेकाले कुटपिट भएको बताए। 

यता प्रअ राउतले भने आफू भर्खर विद्यालय पुगेका बेला पूर्वसहलेखापाल महतोले आफूलाई कोठामा थुनेर चप्पलले हानेर दुर्व्यवहार गरेको गुनासो गरेका छन्। 

‘म भर्खरै विद्यालय पुगेको थिएँ। उनी एक्कासि आएर मेरो जम्मै तलब दिनुस् भनिन्,’ प्रअ राउतले भने, ‘मैले आदलतले आदेश गरेको एक वर्षको तलब दिन्छु् भनेपछि विवाद गरेर चप्पलले हिर्काउन थालिन्।’

घटनालगत्तै प्रअ राउतले इलाका प्रहरी कार्यालय (सखुवा महेन्द्रनगर) मा पूर्वसहलेखापाल महतोविरुद्ध उजुरी दिएका छन्।

उता पूर्व सहलेखापाल महतोले जिल्ला प्रहरी कार्यालय (धनुषा) को महिला तथा बालबालिका सेलमा आफूविरुद्ध प्रअ राउतले दुर्व्यवहार गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .