ad ad

समाज


जनकपुर बमकाण्ड : सञ्जय साहको कैद सजाय उच्च अदालतले घटायो

जनकपुर बमकाण्ड : सञ्जय साहको कैद सजाय उच्च अदालतले घटायो

शैलेन्द्र महतो
असोज १८, २०७८ सोमबार ८:२८, काठमाडौँ

जनकपुर बमकाण्डका मुख्य योजनाकार मानिएका सञ्जय साह (टकला) विरुद्ध धनुषा जिल्ला अदालतले सुनाएको कैद सजाय उच्च अदालतले घटाएको छ। 

ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले साहविरुद्ध १२ वर्ष कैद सुनाएकामा उच्च अदालतले यसलाई घटाएर ७ वर्ष मात्रै सजाय हुने फैसला गरेको हो।   

जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत (जनकपुर) मा रिट निवेदन दिएका थिए। यसमा सुनुवाइ गर्दै आइतबार उच्च अदालतका न्यायाधीशद्वय धीरबहादुर चन्द र उमेश ढकालको संयुक्त इजलासले जिल्ला अदालतले तोकेको कैद सजायभन्दा ५ वर्ष घटाई फैसला गरेको हो। 

बम काण्डका मुख्य योजनाकार साहविरुद्ध ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानसम्बन्धी दुईवटा मुद्दा लागेका थिए। तीमध्ये ज्यान मार्ने उद्योगमा १२ वर्ष र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला जिल्ला अदालतले सुनाएको थियो।

जसमध्ये ज्यान मार्ने उद्योगमा उच्च अदालतले जिल्ला अदालतले सुनाएकाे कैद सजाय घटाउँदै ७ वर्ष मात्रै कैद हुने फैसला गरेकाे उच्च अदालतका रजिस्टार खडकराज अधिकारीले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार कर्तव्य ज्यान मुद्दामा भने उच्च अदाललते पनि साहलाई कसुरदार नै ठहर गरेकाे छ। तर यसमा कैद सजाय ताेकिसिकएकाे छैन। यो मुद्दाबारे कात्तिक १५ गते बहस हुने रजिस्टार अधिकारीले बताए। 

२०६९ वैशाख १८ गते मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्ष्य गरी शक्तिशाली बम विस्फाेट गराइएको थियो। जसमा परी ५ जनाको मृत्यु भएकाे थियाे भने ३३ जना घाइते भएका थिए।

बम विस्फोटका मुख्य योजनाकार भएको अभियोगमा जिल्ला अदालत धनुषाले पूर्वसांसद टकलालाई जन्मकैद सजाय सुनाएको थियो। साेहीबमाेजिम साह काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन्। 

अभियुक्त साहलाई जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .