दक्षिणी छिमेकी भारतले नेपाल खरिदका लागि अर्डर गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ।
बुधबार परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले यसबारेमा जानकारी दिएका हुन्।
बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेट गरेर द्विपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल भएको बताइएको छ।
'अर्को सातादेखि भारतबाट नेपालमा आपूर्ति हुने कोभिसिल्ड खोपबारे पनि यो भेटमा कुरा भएको छ', परराष्ट्र मन्त्रालयले भनेको छ, 'भारतबाट अर्को साता १० लाख डोज कोभिसिल्ड खोप आउने निश्चित भएको छ।'
नेपालमा हालसम्म भारत सरकारको अनुदानबाट १० लाख डोज, सरकार आफैँले खरिद गरेको १० लाख डोज, भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख डोज र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार डोज गरी कूल २४ लाख ४८ हजार डोज खोप आइसकेको छ।
एक वर्षअघि नै सरकारले २० लाख डोज खोप खरिदका लागि खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई ८० प्रतिशत रकम भुक्तानी गरेको थियो। त्यसमध्ये १० लाख डोज खोप नेपाल आइसकेको छ।
तर बाँकी १० लाख डोज खोप सिरमले अहिलेसम्म दिएको थिए। सिरमले नदिएको त्यही खोप अर्को साता पठाउने जानकारी क्वात्राले दिएका हुन्।
Hon. Minister for Foreign Affairs Dr. Narayan Khadka received in his office Ambassador of India @AmbVMKwatra.
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 6, 2021
Had fruitful discussion on all important aspects of #Nepal-#India bilateral relations, including the supply of COVISHIELD vaccines by next week.@PaudyalBR @sewa_lamsal pic.twitter.com/Zems2Pof1j
Shares

प्रतिक्रिया