ad ad

समाज


दुई नाबालक छोराको हत्यापछि धनुषामा आमाले गरिन् आत्महत्या

दुई नाबालक छोराको हत्यापछि धनुषामा आमाले गरिन् आत्महत्या

शैलेन्द्र महतो
असोज २३, २०७८ शनिबार ११:८, काठमाडौँ

धनुषाको नगराइनकी एक महिलाले दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छन्। 

धनुषाको नगराईन नगरपालिका ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार साँझ दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी हुन्। 

श्रीमान घर बाहिर रहेको बेला ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई डोरीले घाँटी कसेर हत्या गरेपछि उनले पनि आत्महत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। गुडियादेवीले झुण्डिएर आत्महत्या गरेकी हुन्। 

‘श्रीमान केही कामको शिलशिलामा जनकपुर गएको बेला गुडियाले साँझ ६ बजेतिर आफ्नै घरमा दुई नाबालक छोराको डोरीले घाँटी कसेर हत्या गरिछन्,’ बस्नेतले नेपालखबरसँग भने, ‘नाबालक दुई छोराको हत्यापछि उनले पनि सोही डोरीले पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।’ 

प्रहरीका अनुसार गुडियाले घटना गर्नुअघि ३ बजेतिर श्रीमानलाई फोन गरेर घर कतिबजे फर्किने भनेर सोधेकी थिइन्। 

गुडिया र गुरुदेवबीच प्रेम विवाह भएको थियो। प्रेम विवाह माइती पक्षले हालसम्म स्वीकार नगरेको पाइएको प्रहरीले जनाएको छ। 

‘घरमा श्रीमानसँग कुनै विवाद देखिँदैन, माइतीपक्षले आफ्नो विवाह अस्वीकार गरेकै कारण उनले छोराहरुको हत्यापछि आत्महत्या गरेको जस्तो देखिन्छ,’ डिएसपी बस्नेतले भने। तीनैजनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .