दैलेखमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
गएराति ८ बजे सुर्खेतबाट जुम्ला जाँदै गरेको ना ६ ख ९२२ नम्बरको बस कर्णाली राजमार्गमा पर्ने दैलेखको दुल्लु नगरपालिका–१ दारेभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
दुर्घटनामा अछाम घर भएका भक्तबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुप श्रेष्ठले जानकारी दिए। बसमा ४० जना भन्दा धेरै यात्रु सबार थिए।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
9
Shares
प्रतिक्रिया