ad ad

समाज


बुटवलमा झडप हुँदा प्रहरीले गोली चलायो, दुई जना घाइते

बुटवलमा झडप हुँदा प्रहरीले गोली चलायो, दुई जना घाइते

सुदीप भण्डारी
असोज २४, २०७८ आइतबार १५:०, काठमाडौँ

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा झडप भएको छ।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न आएका स्थानीय र प्रहरीबीच झडप भएको हो।

झडपका क्रममा प्रहरीले गोली समेत प्रहार गरेको थियो। झडपको क्रममा कम्तिमा दुई जना घाइते भएका छन्।

औद्योगिक क्षेत्रमा सुकुम्बासीले बनाएका अस्थायी टहराहरू प्रहरीले भत्काउने क्रममा झडप भएको हो।

प्रहरी माथि नै ढुंगामुढा हुन थालेपछि अश्रुग्यास र हवाइ फायर गर्नुपरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

अहिले मोतीपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .