ad ad

समाज


महोत्तरीमा सुतिरहेकी महिलाको टाउकोमा हथौडा प्रहार गरी हत्या

महोत्तरीमा सुतिरहेकी महिलाको टाउकोमा हथौडा प्रहार गरी हत्या

शैलेन्द्र महतो
असोज २८, २०७८ बिहिबार १३:२२, काठमाडौँ

महोत्तरीमा सुतिरहेकी महिलाको हथौडा प्रहार गरी हत्या भएको छ।

महोत्तरी गाउँपालिका वडा नं. ३ मडै बस्ने लालकिशोर झाकी पत्नी ४२ वर्षीया शिला देवी झाको बुधबार राति हत्या भएको हो।

राति सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा हथौडाले प्रहार गर्दा उनको घटानास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

उनका अनुसार मृत अवस्थामा शिलाको शव फेला परेको हो। हत्या गर्नेको खोजविन भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .