नेपाली पर्वतारोही निर्मल पुर्जाले ७ महिनामा १४ ओटा हिमाल आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका छन्।
पूर्व बेलायती जलसेना समेत रहेका पुर्जाले सोमबार चीनको शिशिपाङ्मा हिमालको सफल आरोहण सम्पन्न गरेपछि रेकर्ड बनेको हो।

सन् २००३ मा बेलायती सेनामा भर्ती भएका निर्मल पुर्जाले २००९ सम्म जलसेनामा आबद्ध भएर काम गरेका थिए।
यसअघि पोल्यान्डका पर्वतारोही जर्जी कुकुजाले सन् १९८७ मा १४ हिमाल ८ वर्ष लगाएर आरोहण गरेका थिए।

पुर्जाले नेपालका ८ हजार भन्दा अग्ला सगरमाथा, कञ्चनजंघा, अन्नपूर्ण, मकालु, मनास्लु र ल्होत्से हिमाल आरोहण गरेका छन्।
चीनका चो यू र शिशिपाङ्मा हिमाल आरोहण गरेका उनले पाकिस्तानका नांगा पर्वत, गासबुरम एक, गाएबुरम दुई, के टु र ब्रोड हिमाल आरोहण गरेका हुन्।

प्रतिक्रिया