ad ad

समाज


सर्पको डसाइबाट एक युवकको मृत्यु

सर्पको डसाइबाट एक युवकको मृत्यु

नेपालखबर
असोज ३०, २०७८ शनिबार १६:२८, काठमाडौँ

विषालु सर्पको डसाइबाट आज ताप्लेजुङको फुङलिङ नगरपालिकाका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा फुङलिङ नगरपालिका–९ हाङदेवाका २५ वर्षीय विष्णुबहादुर घतानी रहेका छन्।

उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए। दसैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो।

अचानक हातमा सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका थिए। झारफुक र घरेलु औषधि गरे पनि सर्पको विषले जटिल बनाउँदै लगेपछि आज बिहान उनका आफन्तले घतानीलाई जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए।

अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

यता उपचारका क्रममा मृत्यु भएका घतानीको शव आफन्तले बुझेका पनि प्रहरी निरीक्षक यादवले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .