सर्लाहीको बागमतीमा १३ वर्षीया एक बालिकाको शव पोखरीमा फेला परेको छ।
शनिबार साँझदेखि बेपत्ता बालिकाको शव आइतबार बिहान घर नजिकैको पोखरीमा फेला परेको प्रहरीले जनाएको छ।
बागमती नगरपालिका–३, तीनघरेका रामविश्वास यादवकी छोरी १३ वर्षीया सुशीला कुमारीको शव पोखरीमा फेला परेको हो।
शनिबार साँझ पोखरीमा नुहाउन गएदेखि उनी बेपत्ता भएकी अभिभावकले बताएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
18
Shares
प्रतिक्रिया